अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभामा जसपाको उम्मेदवार महन्थ ठाकुर

राष्ट्रिय सभामा जसपाको उम्मेदवार महन्थ ठाकुर


काठमाडौं-राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ। 

नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको तालमेलमा ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको जसपा नेता सुरेन्द्र झाले बताउनुभयाे।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच पुस १४ मा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकीकरण भएपछि जसपाले ठाकुरलाई उम्मेदवार बनाएको हो। ठाकुर लोसपाका अध्यक्ष थिए। 

राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट बागबन्डा भएको छ।