काठमाडौँ-नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ। १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो।
एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसै सन्दर्भमा, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच गठबन्धन भएको छ। सहमति बमोजिम तीन दलले उम्मेदवार तय गरेकाे हाे ।
उता कांग्रेसले ९ सिटका लागि उम्मेदवार सिफारिस गरिसकेको छ।





प्रतिक्रिया