अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

कोशीमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता


विराटनगर-राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा मनोनयन दर्ता गराएको छ।

गठबन्धनले कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेद्वारको रुपमा अघि सारेको हो।

सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्वव थापा रहेका छन् । रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेका छन् ।

यस्तै, पोर्तेलको प्रस्तावक छबि चुडाल र समर्थक एकराज कार्की रहेका छन्। कोशीमा ३ जना राष्ट्रीय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। सो अनुसार एमालेले २ र काङग्रेसले १ जना उमेद्वार बाडफाड गरेका छन् ।