अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्थ ठाकुरद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

महन्थ ठाकुरद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता


काठमाडौं-महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदावरी दर्ता गराउनुभएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट ठाकुरले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हाे।

ठाकुरको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जेनुर राइन रहेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच पुस १४ मा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकीकरण भएपछि जसपाले ठाकुरलाई उम्मेदवार बनाएको हो। ठाकुर लोसपाका अध्यक्ष थिए। 

राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ। राष्ट्रिय सभाका १८ सिटमध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट बागबन्डा भएको छ।