पोखरा-राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हाे ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा उहाँहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको हाे ।
राष्ट्रिय सभा चुनावमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न सहमति भएको छ। सोही सहमति अनुसार तिमिल्सिना र देउवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।





प्रतिक्रिया