काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त देश बनाउनको लागि योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गराउनुभएको छ।
पुस २३ गते बुधवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो स्मरण गराउनु भएको हो।
अध्यक्ष ओलीले चुनौतीका बीचमा पनि काम अघि बढाउँदै गर्दा देशमा अप्रत्याशित परिस्थिति आएको बताउनुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले देशलाई जोगाएका छौँ। सबैलाई थाहा छ एमालेको दृष्टिकोण र अडान स्पष्ट छ। यो निरन्तर जारी रहन्छ। राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा।’
अध्यक्ष ओलीले अहिले देशलाई जातजाति, भूगोल र भाषाभाषामा फुटाउने प्रयास भइरहेको बताउनुभयो।





प्रतिक्रिया