काठमाडौँ–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताउनु भएको छ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ/दश वर्ष अघिको योजना भएको दाबी समेत गर्नुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘यो तात्कालिक होइन, आठ/दश वर्ष देखिको तयारी हो। देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्।’
अध्यक्ष ओलीले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताउनुभयाे।
‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम, त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, अध्यक्ष ओलीले भन्नुभयाे, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ।’






प्रतिक्रिया