अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन सक्दैन: झलनाथ खनाल

देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन सक्दैन: झलनाथ खनाल


काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभएको छ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो।

नेता खनालले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरू अपराधी भएको बताउनुभयो। ‘सरकारको सम्पती जलाउनेहरू अपराधी हुन्। यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ती अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा,’ उहाँले भन्नुभयो

‘उनीहरूलाई अन्तरिम सरकारले के गर्छ ?’ भन्दै नेता खनालले प्रश्न गर्नुभयो। निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको उहाँको भनाइ छ।

‘के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला। यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरू तयार गर्नुपर्नेछ। ९० हजार बुलेटहरू कब्जा भएका छन्। फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन्,’ उहाँले भन्नुभयाे।