अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ। 

बुधबार केपी ओली निवास गुण्डुमा उहाँहरूबीच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयाे । 

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ भए पनि दुई पार्टीका अध्यक्षबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको बुझिएको छ।