काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
बस चालक ध्रुव रेग्मी हुनुभएको छ । उहाँको उपचार हुँदै छ । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपरचार भइरहेको छ ।





प्रतिक्रिया