काठमाडौं- सुरुवाती मापनमा आज बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ।
हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८.४५ बजे घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले सोही समयमा पुन मापन गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ।





प्रतिक्रिया