अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुर-सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान

भोजपुर-सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान


भोजपुर-भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ।

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरि सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको छ। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन्।

पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासीको अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।