चितवन-आगामी २१ फागुनमा हुने निर्वाचनका लागि नेकपा एमालेले चितवन क्षेत्र नं. ३ बाट शंकर थपलियालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेकाे छ।
बुधबार क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने चुनावका लागि थपलियालाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।
एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहेका थपलियालाई चितवन-३ बाट एकल उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सुदीप रेग्मीले जानकारी दिनुभयो।
थपलिया एमाले भरतपुरको दोस्रो कार्यकालका अध्यक्ष हुन्। थपलिया पटिहानी पर्यटन विकास समितिका अध्यक्षसमेत भैसकेका व्यक्ति हुन् ।
भरतपुर महानगरपालिका-२२ पटिहानी घर भएका थपलियासँगै केन्द्रीय सदस्य पार्वती रावल, क्षेत्रीय अध्यक्ष सुदीप रेग्मी लगायतको नाम उम्मेदवारका रूपमा चर्चामा थियो ।
भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका चितवन निर्वाचन क्षेत्र नं. ३ मा पर्दछ ।
चितवन-३ बाट आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट भरतपुर महानगर प्रमुख रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष विक्रम पाण्डे चुनाव लड्ने चर्चा छ । पाण्डेले २०७९ को निर्वाचन यहीँ क्षेत्रबाट जितेका थिए ।





प्रतिक्रिया