अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् गण्डकीका जिल्ला संयोजन गर्ने एमालेका इञ्चार्ज

यी हुन् गण्डकीका जिल्ला संयोजन गर्ने एमालेका इञ्चार्ज


पोखरा-नेकपा (एमाले)ले गण्डकी प्रदेशका जिल्लामा इञ्चार्ज तोकेको छ।

सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारी तोकिसेको छ। यसैगरी, ११ मध्ये १० जिल्लाका इञ्चार्ज पनि तोकिएका हुन् ।

जसअनुसार कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्ज तोकिएको हो।