काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया