काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पार्टीबाट राजीनामा दिनुभएको छ। अन्सारीले बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो।
प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। अन्सारीले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष भनेरस सम्बोधन गर्नुभएको छ।
प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गर्नुभएको हो। राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’
दाहाललाई सम्बोधन गरेको पत्रमा हिन्दी सायरीसमेत समेटेका छन्।
सागर के तूफान को भी हमने बस मेँ किया है
पहाडों के चट्टानका पथ मोड दिया है
होगा न कोई हिटलर कोई नवाब
हम सर्वाहारकी आवाज: इन्कलाब इन्कलाब इन्कलाब।’
राजीनामापत्रमा भनिएको छ, ‘यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी छ ।
अन्सारी २०७९ को प्रदेशसभा निर्वचनमा पर्सा १ (१) मा माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो। यसअघि उहाँ वीरगन्ज महानगरपालिकामा मेयरका प्रत्यासी हुनुहुन्थ्याे।






प्रतिक्रिया