काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशिला कार्कीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच वान टु वान वार्ता भएको हो।
उहाँहरूबीच तीन घण्टा वार्ता भएको हो। प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच आगामी निर्वाचनका बारेमा कुराकानी भएको बताइएको छ।
भेटमा अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बन्नुपर्ने र निष्पक्ष हुनुपर्ने बताउनुभएकाे थियाे। एमाले निर्वाचनमा सहभागी भएर स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा २०८२ पुस ८ गेत प्रधानमन्त्री कार्कीसँग एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतल निवासमा पहिलोपटक भेटवार्ता भएको थियो।





प्रतिक्रिया