काठमाडौँ-नेकपा एमालेले २७७ जना नेतालाई जिल्लाको चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठककको निर्णयअनुसार मातहतका कमिटीलाई सर्कुलर पठाएर नेताहरुको जिम्मेवारी तोकेको हो।
जसअनुसार ताप्लेजुङ संयोजकमा तिलकुमार मेन्याङ्बो लिम्बु रहेका छन् भने सदस्यमा क्षितिज थेवे रहेका छन्। यस्तै झापा संयोजकमा रोमनाथ ओली र सदस्य अग्नि खरेललगायतका नेताहरु रहेका छन्।
यस्तै दोलखा संयोजकमा पार्वत गुरुङ, नुवाकोट संयोजकमा केशवराज पाण्डे, काठमाडौँ संयोजकमा रामेश्वर फुँयाल रहेका छन्।
सोहीअनुसारमा पार्टीले जिल्लाको चुनावी अभियान तथा पार्टी कामको संयोजनको जिम्मेवारी तोकेको एमालेको भनाइ छ ।
सबै नेताहरुको जिम्मेवारी हेर्नुहोस्






प्रतिक्रिया