काठमाडौं-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो आयोजनामा अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम नभएको जनाएको हो।
एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर र आधिकारिक वेबसाइटको दुरुपयोग गरी अनधिकृत कार्यक्रम तथा मानव तस्करीजस्ता गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख गरेको छ । साथै, संस्थाले आधिकारिक स्वीकृतिबिनाका कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डरेजिङ अवैध र अमान्य हुने स्पष्ट पारेको छ ।






प्रतिक्रिया