अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौं-नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

११ औँ राष्ट्रिय महाधिवेशनपछि २०८२ पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो।  सोही निर्णयअनुसार ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा २०८२ पुस २६ गते शनिबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

बैठकले फागुन २१ को निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुने एमालेले निर्देशन दिएको छ।