अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन: गृहमन्त्री अर्याल

सरकारका मन्त्रीलाई कुनै दलप्रति ढल्कने छुट छैन: गृहमन्त्री अर्याल


काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ। शुक्रबार ललितपुरको पुल्चोकमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री अर्यालले भन्नुभयो ‘वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट पुरा गर्नु हो ।’ 

सिङ्गो देश निर्वाचनमा होमिएको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ। जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै उहाँले भन्नुभयाे, ‘सुशासन कायम राख्न सरकार कटिबद्ध छ।’ 

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति छ। 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराउनुभयाे ।उहाँले भन्नुभयाे, ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनु पर्छ।’