काठमाडौं-युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम स्थगित गर्नुभएको छ। । मन्त्री गुप्ताका स्वकीय सचिव सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको जानकारी दिनुभयो।
रिमालले भन्नुभयो, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन। अब जाने कुरा हुन्न ।’
नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।
मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।





प्रतिक्रिया