काठमाडौँ-निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका लागि तीन वटा रणनीति अपनाएको जनाएको छ। शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ को निर्वाचनका लागि तयार पारिएको निर्वाचन आचारसंहितामा कडाइका साथ लागू गर्ने बताउनुभएको हो।
‘पहिलो आचारसंहिताबारे प्रभावकारी प्रचारप्रसार, दोस्रो, कार्यान्वयनमाथि स्वमूल्याङ्कन र स्वनियमनको विधि अपनाइन्छ’, प्रवक्ता भट्टराईले भन्नुभयाे, ‘आचारसंहिता उल्लङ्घन भएमा पहिला सचेत गराउने । सचेत नभएमा दण्डात्मक व्यवस्था गरेको छ।’
आयोगले माघ पहिलो साताबाट निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।





प्रतिक्रिया