अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन २१ मा हुने निर्वाचनमा जिल्लाबाहिरबाट मतदान गर्न नपाइने

फागुन २१ मा हुने निर्वाचनमा जिल्लाबाहिरबाट मतदान गर्न नपाइने


काठमाडौं-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्। शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने जानकारी दिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको जानकारी दिनुभयाे। ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौँ’, भट्टराईले भन्नुभयाे, ‘विदेशमा रहेका नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने माग उठेको थियो। तर, आयोगले भने जिल्लाबाहिरबाट समेत मतदान गर्न पाउने व्यवस्था गर्न सकेन।’

आयोगले अस्थायी मतदाता नामावली संकलन गरेको छ। यसअघि जस्तै यस पटक पनि निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्रै यो पटकको अस्थायी मतदाता सूचीमा समावेश भएको उहाँले बताउनुभयो।