अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा-१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा

गोरखा-१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा


काठमाडौं-हामी नेपालका संस्थापक सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको हो।

गुरुङले सामाजिक सञ्जालमा भन्नुभएकाे छ, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’