काठमाडाैँ-सुरक्षा निकायहरूले आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरुको सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको जानकारी गराए।
नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्यसका लागि नेपाली सेना तयार रहेको बताए ।





प्रतिक्रिया