काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी तुलाधार, सगुन शमशेर जबरासहित उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो ।
आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ ।
सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले प्रधानमन्त्रीसँग छलफल तथा परामर्श गरेको छ।
२०६२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा आज आयोगले प्रधानमन्त्रीसँग छलफल गरेको हो।





प्रतिक्रिया