काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। शनिबार ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्दैछ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुनेछ।
११औँ राष्ट्रिय महाधिवेशनपछि २०८२ पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो ।
यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।
यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।





प्रतिक्रिया