काठमाडौँ-नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको कटाक्ष गर्नुभएको छ।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ भएको भन्दै काव्यात्मक कटाक्ष गर्नुभएको हो।
सचिव बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै तिखो राजनीतिक कटाक्ष गर्नुभएको छ।
‘कठै बिचरा कुलमान!’ शीर्षकको कवितामा सचिव बस्नेतले रवि लामिछानेमाथि भरोसा गर्दा कुलमान घिसिङ न मन्त्री रहन सकेको, न त पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने अवसर पाएको भन्दै कटाक्ष गर्नुभएकाे छ।
कवितामा उज्यालो पार्टी नेपालको अध्यक्ष बने पनि उज्यालो भविष्य भने अरूको हातमा सुम्पिनुपरेको संकेत गर्दै सचिव बस्नेतले अस्थायी मन्त्री पद केही महिनाका लागि प्राप्त भए पनि त्यसको मूल्य राजनीतिक भविष्य नै संकटमा पर्नु भएको तर्क गर्नुभएकाे छ।
सचिव बस्नेतले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि उम्किन नसकिने बताउनुभएकाे छ।
सचिव बस्नेतले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको टिप्पणी गर्नुभएकाे छ। सचिव बस्नेतले भन्नुभएकाे छ, ‘एमाले र कांग्रेसजस्ता दल ‘चराजस्तै’ भएर जालो च्यातेर उम्किन सक्छन्, तर कुलमान र बालेन ‘पुतलीजस्तै’ भएकाले सजिलै फस्ने अवस्था छ।’
अन्तर्राष्ट्रिय शक्तिले बुनेको रविको जालोमा परेर कुलमान अन्धकारतिर धकेलिएको उहाँको तर्क छ। ‘अस्थायी मन्त्रीको पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ सचिव बस्नेतले भन्नुभएकाे छ। उहाँले कुलमानको हालत देखेपछि अब काठमाडौँका मेयर बालेन शाहको पालो आएको भन्दै चेतावनी दिनुभएकाे छ। बालेन पनि रविको जालोमा पर्ने दिन धेरै टाढा नरहेको बस्नेतको ठोकुवा छ।
यस्तो छ सचिव महेश बस्नेतको काव्यात्मक कविता:
कठै बिचरा कुलमान!
रवि लामिछानेको भरोसामा परेर
न मन्त्री रह्यो,
न पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका रह्यो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
तर पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै भए,
एमाले–कांग्रेस चराजस्तै।
आज रविको जालोमा कुलमान परे,
अब पालो कसको?
बालेन पनि
धेरै जालोमा पर्ने दिन
सायद टाढा छैन।
समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका नै पाइयो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै हुन अन्तराष्ट्रीय शक्तिले बुनेको रबिको जालोमा उम्कन नसकिने गरी फसे,
एमाले–कांग्रेस चरा जस्तै हुन त्यस्ता जालो तोडन सक्ने नेपालको ताकत हुन।
रविको जालोमा कुलमान परे,
अब पालो बालेनको हो ।
जालोमा पर्ने दिन अब
धेरै टाढा छैन।






प्रतिक्रिया