अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशन: भृकुटीमण्डप पुग्दै र्‍याली

कांग्रेस विशेष महाधिवेशन: भृकुटीमण्डप पुग्दै र्‍याली


काठमाडौं-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थिल काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विभिन्न स्थानबाट र्‍याली आउन सुरु भएको छ। 

उद्घाटनअघि काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍यालीका साथ भृकुटीमण्डप प्रस्थान गरेका छन्। केही र्‍याली भृकुटीमण्डप पुगेका छन् भने केही बाटोमै छन्।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आज विशेष महाधिवेशन सुरु हुँदै छ। कांग्रेस संस्थापन पक्षका नेता तथा कार्यकर्ता भने विशेष महाधिवेशनमा सहभागी भएका छैनन्। 

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।