अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


काठमाडौं-गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा तामाङको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिनुभयाे।

 ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ घतानीले भन्नुभयाे, ‘हृदयघात भएको रहेछ।’

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।

‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’, प्रशान्तका हिट नेपाली फिल्महरु हुन्। तामाङले हालसालै सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन सकेका थिए।

४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन्। ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गर्नुभएको थियाे ।