अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशन: नेताहरू कुसनमा, प्रतिनिधिलाई कुर्सी

कांग्रेस विशेष महाधिवेशन: नेताहरू कुसनमा, प्रतिनिधिलाई कुर्सी


काठमाडौं-नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनका लागि अहिले विभिन्न स्थानबाट र्‍यालीसहित पुग्ने क्रम जारी छ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ। सँगै महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन्। मञ्चमा नेताहरूका लागि कुर्सी राखिएको छैन। त्यसको ठाउँमा कुसन राखिएको छ।

पुरानो प्रयोग गर्दै विशेष महाधिवेशन आयोजक समितिले नेताहरूलाई कुर्सीमा नभई कुसनमा राख्ने भएको हो।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ। जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ।

महाधिवेशन स्थलमा पूर्व सभापतिहरूको मस्कट बनाएर राखिएको छ। त्यसले कार्यकर्तालाई आकर्षित गरेको छ। 

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्।

२०८२ असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

संस्थापनको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो।