अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै


काठमाडौं-केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरुले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।

सातै वटा प्रदेशका संयोजकहरुले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् ।

केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रीत रणनीति बनाउन सहजहोस भन्ने उद्धेश्यले सबै प्रदेशका संयोजकहरुले बैठक बोलाएका हुन्। लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन्। मधेस,बागमती,कोशी,सुदुरपश्चिमले भोलीलाई बैठक बोलाएका छन्। कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित हुने तयारी गर्नुभएको छ।