अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा

कांग्रेस महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नुभएको छ। विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि महामन्त्री थापा महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नुभएको हो।

उद्घाटन सभामा जानुअघि थापाले आमाबुबासँग आशीर्वाद लिनुभएको थियाे।

कार्यक्रम स्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आउने क्रममा रहेको आयोजकले जनाएको छ। 

देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्।

२०८२ असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

संस्थापनको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो।