विर्तामोड-महानायक राजेश हमालले जननिर्वाचित सरकारको ठाउँमा चुनावी सरकार हुनु विडम्बना भएको बताउनुभएको छ।
झापाको विर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै महानायक हमालले लोकतन्त्रमा जननिर्वाचित सरकार नै हुनुपर्ने बताउनुभयो।
महानायक हमालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि जननिर्वाचित सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो।
महानायक हमालले भन्नुभयो, ‘अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो।’
महानायक हमालले अहिले देश कस्तो बनाउने र अहिलेका समस्या कसरी समाधान गर्ने भनेर सोचविचार गरेर जनप्रतिनिधि छान्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, ‘अहिले धेरैले भनेको सुन्छु— पुरानाहरूले केही गरेनन्, सबै बिग्रियो। तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?’
सरकारलाई राम्रो बनाउन पनि जनसमुदायको भूमिका रहने महानायक हमालले उल्लेख गर्नुभयो। ‘अहिले नयाँ आएकाहरूले पुरानाले गरेनन् भनेको सुन्छु, मलाई त हाँसो लागिरहेको छ। पुरानाले गरेनन् भन्नुभन्दा पनि हामी यसरी गर्छौँ भनेर आउनुपर्छ,’ हमालले भन्नुभयो।






प्रतिक्रिया