अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ: गोपालमान श्रेष्ठ

कांग्रेस विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ: गोपालमान श्रेष्ठ


काठमाडौँ- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीलाई विधि र विधानबाट चलाउन विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।

काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै नेता श्रेष्ठले यस्तो बताउनुभएको हो।

नेता श्रेष्ठले पार्टी सञ्चालनमा कसैले हठ राख्न नहुने बताउनुभयो। ‘पार्टी सञ्चालनमा कसैले हठ गर्न हुँदैन। विधि र विधान अनुसार चल्नुपर्छ,’ श्रेष्ठले भन्नुभयो, ‘विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्नपर्छ।’ 

अहिले मुलुकको स्थिति अत्यन्त जटिल भएको बताउँदै पूर्वउपसभापति श्रेष्ठले अब गुट होइन पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

दक्षिण एसियाको आकाशमा अहिले कालो बादल मडारिएको बताउँदै नेता श्रेष्ठले देश रहेन भने को सँग लडाइ गर्ने भन्दै प्रश्न गर्नुभयो। अब इतिहासको व्याज मात्रै खाएर अब कांग्रेस नचल्ने उहाँले बताउनुभयो। 

जनताका अपेक्षा युग र समय बदलिएको नेता श्रेष्ठले बताउनुभयो। कांग्रेस कमजोर भए, देश कमजोर हुने नेता श्रेष्ठको भनाइ थियो । ‘कांग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुन्छ। पार्टी र देशको हितका लागि जस्तोसुकै त्याग गर्न तयार हुनुपर्छ,’ नेता श्रेष्ठले भन्नुभयो।