काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुँदैछ।
विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिएको हो। सचिवालयका अनुसार बिहान ८ बजेदेखि विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरिनेछ।
आइतबार पहिलो दिन २ हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । कांग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।






प्रतिक्रिया