अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई सचिव बस्नेतको जवाफ: संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो ?

गगन थापालाई सचिव बस्नेतको जवाफ: संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो ?


काठमाडौँ-नेकपा एमालेका सचिव महेश बस्नेतले कांग्रेस महामन्त्री गगन थापालाई संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो भनेर प्रश्न गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सचिव बस्नेतले संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ? भनेर अर्को प्रश्न गर्नुभएको हो। 

सचिव बस्नेत भदौ २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयता समेत भुलेका एउटा ‘लास’ जसलाई आफूहरूले ‘आस र सास’ भरिदिए पछि आज केही मास जम्मा गरेर लास होइन भने आस र सास कसले भर्दियो ? भनेर प्रश्न गर्नुभएको छ ।

‘भाद्र २३ र २४ गतेपछि  गुलाम बनेर, मानवीयतासमेत भुलेका एउटा ‘लास’ जसलाई हामीले आस र सास भरिदिए पछि आज केही मास जम्मा गरेर भन्न थालेछन् । हामी लास र दास होइनौँ । इतिहासले अवश्य सोध्नेछ : लास होइन भने आस र सास कसले भर्दियो ?’, सचिव बस्नेतको प्रश्न छ, ‘संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ?’