काठमाडौँ-काठमाडौँ महानगरपालिका-१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक रामेछाप नगरपालिका-५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए। उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।’
उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जनाउँदै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।
नीबारीबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ
प्रहरीले काठमाडौँ महानगरपालिका-३ रानीबारीबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
सप्तरीका ३३ वर्षीय सुन्दर मुखिया, सप्तरीकै ३३ वर्षीय सुरेशकुमार ठाकुर र भारत घर भई हाल काठमाडौँ कलङ्की बस्ने २५ वर्षीय पिण्डुकुमार जादवलाई पक्रउ गरी सार्वजनिक केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले निजहरूको साथबाट चार ग्राम ३३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरादम गरेको छ ।” पछिल्लो समय काठमाडौँमा अवैध लागुऔषधको कारोबार तथा सेवनकर्ता बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया