अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित एमालेको युवा परिचालन गर्ने निर्णय

‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित एमालेको युवा परिचालन गर्ने निर्णय


काठमाडौं-२०८२ पुस २२ गते एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई युवा परिचालनको संयोजक तोकेको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा युवाको भूमिका निर्णायक, योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्न थेबेलाई संयोजक तोकिएको जनाइएको छ।

निर्वाचन लक्षित गर्दै नेकपा एमालेको युवा केन्द्रित ‘फिजिटल्ली’ अभियान देशभर परिचालन गर्ने निर्णय गरेको छ।

अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त ढंगले लैजाने कार्ययोजना निर्माण गरेको सहसंयोजक समिक बडालले बताउनुभयाे। ‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गरिने सहसंयोजक बडालले बताउनुभयाे।

अभियानका संयोजक थेबेले युवालाई ‘फिजिकल्ली’ र ‘डिजिटल्ली’ एकीकृत गर्दै एमालेको अभियानमा सामेल गराउन फिजिटल्ली अभियान भनिएको बताउनुभयो।

बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताले निर्देशन दिनुभएको थियो।

महाधिवेशनबाटै ४२ प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय सदस्य बनाउने एमाले पहिलो पार्टी भएको भन्दै नेताहरूले अब चुनावी अभियान र पार्टी निर्माणमा सचेत ढंगले युवा संगठित गर्न निर्देशन दिएका छन्।