काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनुभएको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले मिल्नका लागि प्रयास भइरहेको बताउनुभयो।
नेता कोइरालाले कांग्रेसलाई मजबुत र एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। कांग्रेसभित्र इतर पक्षीय नेताहरूले विशेष महाधिवेशनको विषय अघि बढाएपछि संस्थापन पक्षका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। पार्टीभित्र देखिएको असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।






प्रतिक्रिया