काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष अधिवेशनको बन्दसत्र जारी रहेको अवस्थामा बैठक बोलाइएको हो ।
महामन्त्रीद्वय थापा र शर्माले बोलाएको विशेष महाधिवेशन जारी रहँदा पार्टी फुटको दिशातर्फ अगाडि बढिरहेको छ ।






प्रतिक्रिया