अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुँदै

कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुँदै


काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ। विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको टोलीले वार्ता गर्न लागेको हो।

आज हुने वार्तामा विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे  सहभागी हुने छन्।

संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ।

कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षधरले पनि महाधिवेशनको कार्यक्रम अन्तर्गत समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने गरी कार्यक्रम अघि बढाएका छन्।

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष दुवै पार्टी फुटका पक्षमा नरहेकाले संवादका पक्षमा छन्।