अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक १ बजेका लागि सर्‍यो


काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरी दिउँसो १ बजेका लागि सारिएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिनुभयो। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको उहाँले जानकारी दिनुभयाे ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । जसका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ ।