अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्य: मुख्यमन्त्री आचार्य

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्य: मुख्यमन्त्री आचार्य


बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएकाे छ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिनुभयाे ।

‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ। भावी दिनमा हुनसक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयाे, ‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौँ। भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैं पूर्व सतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ।’ उहाँले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उनले प्रशंसा पनि गर्नुभयाे ।

विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ।