अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु


काठमाडौं-भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ।

हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका नौ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्।

यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक हुन् । दुई परिवार रोजगारीका लागि भारतमा बस्दै आएका थिए