काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय समिति भंग गर्न माग गर्दै विशेष महाधिवेशनस्थल भृकुटीमण्डप प्रदर्शन सुरु भएको छ। विशेष महाधिवेशन पक्षधर महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न उनीहरूको माग छ।
विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिहरुले झूटो वार्ता नमान्ने भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले शेरबहादुर देउवाको नेतृत्व फेरेर गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा ल्याउन माग गरिरहेका छन्। निर्वाचन आयोगले पनि नयाँ नेतृत्व चयनका लागि तालिका सार्वजनिक गरिसकेको छ।
आज बिहान विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा तथा नेता शेखर कोइराला पक्षबीच वार्ता भएको थियाे । पहिलो चरणको वार्तामा सहमति जुट्न सकेको छैन। दिउँसो फेरि दोस्रो चरणको वार्ता हुने तय भएको छ।






प्रतिक्रिया