अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

कांग्रेस विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक


काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ। विशेष महाधिवेशन निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ। महाधिवेशनलाई शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विधानको व्यवस्था अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ। 

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ। मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ। 

त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साँझ ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ।

कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम :