काठमाडौँ-नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ। निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मत परिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ। यस्तै, उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार शुल्क तोकिएको छ। यस्तै केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ।







प्रतिक्रिया