अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनको दौडबाट कांग्रेसका दुई जना नेता बाहिर

विशेष महाधिवेशन: नयाँ नेतृत्व चयनको दौडबाट कांग्रेसका दुई जना नेता बाहिर


काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियामा नजाने निर्णयमा पुगेका छन्।

पार्टी एकतामा असर पर्ने भन्दै दुवै नेताले फरक–फरक नेतृत्व बनाउने प्रक्रियाप्रति असहमति जनाएका हुन्। शर्माले नेतृत्व चयनले कांग्रेसलाई विभाजनतर्फ लैजाने खतरा रहेको उल्लेख गर्दै आफू अन्तिम समयसम्म सहमतिको प्रयासमै रहने बताउनु भएको छ। उहाँले पार्टीभित्रको आन्तरिक विवाद र मतभेदलाई संवादमार्फत टुङ्ग्याउनुपर्ने बताउनुभयो। उहाँले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको र यसलाई बचाउन संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो।

उता डा. चन्द्र भण्डारीले पनि पार्टी फुट्ने कुनै कदममा आफू सहभागी नहुने स्पष्ट पार्दै एकपक्षीय रूपमा नेतृत्व घोषणा गर्ने प्रक्रियाबाट अलग रहने धारणा सार्वजनिक गर्नुभएको हो।